
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष”बाट बेनी अस्पताल, बेनी नगरपालिका वडानं. ८ – म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं. १- बाग्लुङलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। बेनीअस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो।
वेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाईराख्न सहयोग गर्दछ। बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सीद्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष श्रीबेलबहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशलजगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाटसुनिल बानियाँद्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डा.मिलन मल्ललाई सो बेबी वार्मर औपचारिकरुपमा हस्तान्तरण गरिएको हो।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij