
ज्योति विकास बैंकको कार्यकारी अधिकृत (सिईओ) मा कपिल ढकाल नियुक्त भएका छन ।
कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनै कायम मुकायम सीईओ ढकाललाई सञ्चालक समिति ठकले सिइओ नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् ।
उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij