डिल्लीबजार कारगारबाट माघ ४ गते भागेका कैदी टिके भनिने टीकाबहादुर थापामगर प्रहरीको गोली लागि घाइते भएका छन् । टिके लुटपाट तथा डकैती मुद्दामा कैद भुक्तान गरिरहेका थिए । फरार भएलगत्तै टिकेलाई महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो ।
प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो ।
पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुर स्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij