२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

जेठ १० देखि खुल्ला कराँते प्रतियोगिता आयोजना गरिँदै

जेठ १० देखि खुल्ला कराँते प्रतियोगिता आयोजना गरिँदै

काठमाडाैं । नेपाल सोतोकान कराँते संघले यही आउँदो २०८१ साल जेठ १० गते देखि १३ गते सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकाे खुल्ला कराँते  प्रतियाेगिता आयाेजना हुन लागेकाे छ ।

कार्यक्रमबारे जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका प्रमुख प्रशिक्षक एवं महासचिव सियाम शेर्पा तथा सोतोकान कराँते महासंघका वरिष्ठ उपाध्यक्ष नारायण खड्काले जानकारी दिए।

उनले उक्त प्रतियोगितामा‌ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट खेल प्रतियोगितामा ८ सय भन्दा धेरै खेलाडीहरु सहभागी हुने जानकारी दिए।
उक्त प्रतियोगितामा विभिन्न तौल समूह खेल्न पाउने छन्।

२९ प्रतिष्पर्धामा ४० स्वर्ण ४० रजत ८४ कास्य पदक को लागि खेल संचालन हुनेछन्। खेलकुदको माध्यमबाट स्तर वृद्धिकाे साथै खेलपर्यटनको ढोका समेत खुल्न सक्ने कुरालाई मध्यनजर राख्दै खेल प्रतियोगिता आयोजना गर्न लागिएको कुरा पनि अवगत गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij