२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

जुत्ता एक्सचेन्ज मेला प्रति युवाहरुको आकर्षण बढ्दो, खुट्टामा लगाएका जुत्ता धमाधम साटिँदै

जुत्ता एक्सचेन्ज मेला प्रति युवाहरुको आकर्षण बढ्दो, खुट्टामा लगाएका जुत्ता धमाधम साटिँदै

प्रदर्शनीमार्ग स्थित पद्योदय मोडमा सञ्चालनमा रहेको जुत्ता मेलामा युवाहरुको आकर्षण बढेको छ । जुत्ता एक्सचेन्ज अफर सहित ल्याइएको आकर्षित अफर सहित युवाहरुको आकर्षण बढेको हो ।

एक्सचेन्ज मेलामा हाल आधुनिक डिजाइनका विभिन्न फेसनेबल जुत्ताहरु उपलब्ध छन् । तर हाल पुरुषहरुको लागि मात्र जुत्ताहरु उपलब्ध रहेको कारण कतिपय महिलाहरुले गुनासो समेत गर्दै आएको केटिएम शुजका प्रबन्ध निर्देशक प्रमोद महतो बताउनुहुन्छ ।
मेला अवलोकनको क्रममा जुत्ता एक्सचेन्ज मेलामा पुगेको सेतोघर टिमसँग एकजना महिला रीता गिरीले गुनासो गर्दै भनिन्, ‘मेला उपभोक्ता लक्षित नै भएको पाएँ । तर मेलामा हामी महिलाहरुको निम्ति भने जुत्ताहरु उपलब्ध रहेनछन् । तैपनि मेलाका अफरहरूले निकै नै अाकर्षित गरेकाे कारण खाली हात घर जान मन लागेन । केही न केही त किन्नैपर्छ भन्ने लागेर मैले मेरो श्रीमानको लागि एकजोर जुत्ता किनिदिएकी छु ।’

यसैगरी बानेश्वर बस्ने प्रदीप कार्की पनि आफू बाटोमा हिँड्ने क्रममा जुत्ता एक्सचेन्ज मेला चलिरहेकाे जानकारी पाए । एक्सचेन्ज मेलामा पसे । उनले त्यहाँ भएका सबै जुत्ताहरू राम्राेसँग हेरे । जुत्ताले मन छाेयाे । त्यसैकारण उनले खुट्टामा लगाएर अाएका जुत्ता त्यहीँ मेलामा नै छोडेर नयाँ जुत्ता लिएर खुसी हुँदै घर गए । उनले भने, ‘म भृकुटीमण्डप सम्म पुग्नुथियो, अलि हतारमा थिएँ । तैपनि बाटोमा हिँड्दै गर्दा भीडभाड भएको देखेँ । के रहेछ भनेर बुझ्न यस एक्सचेन्ज मेलामा प्रवेश गरेको हुँ । भित्र छिरेर बुझ्दा विशेष छुट सहित जुत्ता एक्सचेन्ज मेला सञ्चालनमा रहेको जानकारी पाएँ । यसकारण मैले पनि खुट्टामा लगाएर आएको पुरानो जुत्तामा केही रकम थपेर नयाँ डिजाइनको फेसनेबल जुत्ता किनेँ ।’

मेलामा अब छिट्टै नै लेडिज जुत्ताहरु समेत राख्न लागिएको फुट स्टेपका प्रबन्ध निर्देशक आरसी केसी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij