हेटौंडा – पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । ५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् । 
छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ । उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij