२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चीन र भारतबीच सीमा विवादमा मध्यस्थता गर्न तयार छुः ट्रम्प

चीन र भारतबीच सीमा विवादमा मध्यस्थता गर्न तयार छुः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए । उक्त प्रस्तावको भारतले तत्काल अस्वीकार गरेको थियो । भारतले त्यसलाई आफ्नो देशको आन्तारिक मामला भनेर टारिदिएको थियो । यो पटक राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको प्रस्ताव गरेपनि भारतले प्रतिक्रिया दिइसकेको छैन ।

उता चीनले भने भारतीय सीमामा स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजयानले दुवै देशसँग यो समस्याको समाधान गर्ने संयन्त्र मजवुद रहेको बताएका छन् । मन्त्रालयका प्रवक्ताको यो प्रतिक्रिया लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच तनाव जारी रहेकै बेला बाहिर आएको हो ।

प्रवक्ता झाओले बेइजिङस्थित कार्यालयमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको शिखर बैठकको सन्दर्भ जोड्दै भने, ‘हामीले दुई देशका शीर्ष नेताहरुको बैठकपछि भएका महत्वपूर्ण सम्झौताहरुको कडाइका साथ पालना गरिरहेका छौ ।’

चिनियाँ र भारतीय सेनाबीच पछिल्लो एक महिनामा दुई देशको सीमानामा ३ पटक झडप भएको छ । लद्दाखमा पछिल्ला दिन पनि तनाव सृजना हुने संकेत देखा परिरहेको छ । चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएका खबरहरु समेत सार्वजनिक भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij