वातावरण दिवसकाे अवसरमा तारकेश्वरकाे चिल्ड्रेन हेराल्ड एकेडेमीले सचेतना तथा सरसफार्इ कार्यक्रम सम्पन्न गरेकाे छ । 
विद्यालयले शान्तिटाेल क्षेत्रमा १४ अाेटा डस्टविनहरू सञ्चालनमा ल्याएकाे छ ।
फाेहाेरलार्इ व्यवस्थित गर्नकाे निम्ति डस्टविनले निकै प्रभावकारी भूमिका निर्वाह गर्ने विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले बताउनुभयाे ।
विद्यार्थीहरूलार्इ स्वास्थ्य र वातावरण संरक्षणकाे निम्ति सचेत, जागरूक र प्राेत्साहित गर्ने उद्देश्य बमाेजिम यस्ताे कार्यक्रम अायाेजना गरिएकाे हाे ।
विद्यालयले क्षमता अभिवृद्दि र व्यक्तित्व विकासकाे लागि समय समयमा अन्य विभिन्न कार्यक्रमहरू समेत नियमित रूपमा अायाेजना गर्दै अाएकाे छ भने सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा पनि महत्वपूर्ण भूमीका निर्वाह गर्दै अाएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij