२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चिनी बोकेकाे ट्रकमा लागुऔषध भेटियाे

चिनी बोकेकाे ट्रकमा लागुऔषध भेटियाे

नेपालगञ्ज – नेपालगञ्ज नाकामा चिनी बोकेको ट्रकमा लागुऔषध कोरेक्स फेला परेको छ।

भारतबाट चिनी बोकेर नेपालगञ्ज आएको युपी ७८ बीटी २२९५ नम्बरको ट्रकमा लागुऔषध कोरेक्स, सुपरपावर गुट्खा र बिँडी फेला परेको हो। जमुनाहा नाकामा प्रवेश गरेको ट्रकलाई जाँच गर्दा ९४ बोतल कोरेक्स, १५ पोका सुपरपावर र १२ पोका बिडी बरामद भएको प्रहरीले जनाएको छ।

भारतबाट खाद्यान्न बोकेर आएका ट्रकको नाकामा लाइन थियो। सबैलाई प्रहरीले जाँच गर्दै थियो। त्यही क्रममा कोरेक्स बोकेको ट्रकमा प्रहरी पुगेपछि अरु चालकसँग बाहिर बसेका उक्त ट्रकका चालक फरार भएका छन्।

ट्रकभित्र बसेका सहचालक भारत नानपाराका मनु खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij