काठमाडाैं, १० चैतः अरुण लामाद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र ‘डोरी’ यहि चैत्र १५ गते शुक्रबार देखि देशव्यापी हलहरुमा प्रदर्शन हुने भएको छ ।
चलचित्रमा अरुण लामा, अञ्जना बराइली, शिशिर प्रकाश बाङ्देल, प्रविन खतिवडा, प्रकाश घिमिरे, राज थापा बीरेन्द्र कुशवाहा, कविता आले, राज पौडेल, नुतन, रामबाबु रेग्मी, गीता अधिकारी, शारदा गिरी, गीता श्री लगायतका प्रमुख कलाकारकाे अभिनय रहेका छन् ।
चलचित्र ‘डोरी’ को दिनेश भट्टराई निर्माता, राज थापा कार्यकारी निर्माता, मनोज पण्डितकाे लेखन, सौरव लामा छायांकन निर्देशक, राज तामाङ द्वन्द्व निर्देशक रहेका छन् ।
यसैगरी चलचित्रमा कविराज गहतराज नृत्य निर्देशक, दिनेशबहादुर रावत प्रधान सहायक निर्देशक, मिलन श्रेष्ठ सम्पादक, रोशन दिवाना कला निर्देशक र जयाराम कार्की तथा युवराज घिमिरे निर्माण व्यवस्थापकका रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij