२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कृतज्ञता अभ्यास

चमत्कारी स्वास्थ्यकाे लागि यसरी कृतज्ञता प्रकट गराैं

चमत्कारी स्वास्थ्यकाे लागि यसरी कृतज्ञता प्रकट गराैं

स्वास्थ्य हाम्रो जीवनको महान उपहार हो । यसकारण हामी आफ्नो स्वास्थ्य प्रति कृतज्ञ रहौं ।

हामी जन्मँदा पूर्ण स्वस्थ जन्मियौं (केही अपवाद बाहेक) । हामी अधिकांश अहिले पनि स्वस्थ छौं । शरीरका कुनै अङ्गहरुमा केही समस्या सृजना भएको भए हामीले त्यसलाई पनि ठीक बनाउन सक्छौं । जुन समस्या हामीमा सृजना भएका छन्, ती हाम्रो आफ्नै गतिविधिको कारण सृजना भएका हुन् ।

हामीले आफूमा क्षमा, प्रार्थना, खुसी, कृतज्ञता, दान, आत्मसुझाव, सकारात्मक भिजुअलाइजेसन लगायतका गुणहरु विकास गरेर आफ्नो स्वास्थ्यलाई पुनः प्राकृतिक अवस्थामा फर्काउन सक्छौं । यसको शुरुवात ‘म पूर्ण स्वस्थ बन्दै गइरहेको छु’ भन्ने वाक्य र भावनाबाट हुने गर्छ ।

यदि अब हामी पुनः पूर्ण स्वास्थ्यको चाहना राख्छौं भने हाम्रो शरीरका हरेक स्वस्थ अङ्गहरुमा आफ्नो ध्यान केन्द्रित गरौं । हाम्रो शिर देखि पाउ सम्मका हरेक अङ्गहरुलाई एक–एक गरेर कृतज्ञता अर्थात धन्यवाद व्यक्त गरौं ।

हामी आफूसँग जे उपलब्ध छ, त्यसमा खुसी र सन्तुष्ट बनौं, जे छैन त्यसमा दुखी बनेर आफूलाई थप पीडामय स्थितिमा नपुर्याउँ । यो सोचौं कि म खुसी हुनुपर्ने हजारौं कारणहरु छन् । अझ सक्छौं भने खुसी हुनका लागि कुनै संवेगात्मक कारणहरु समेत पहिचान गरौं ।

हामी मध्ये थुप्रै व्यक्ति शारीरिक रुपमा कुनै समस्या नहुँदानहुँदै पनि मानसिक रुपमा विमारी रहँदै आएका छौं । । यसो हुनुमा हाम्रा विगतमा थुप्रै नकारात्मक अनुभव, हाम्रो समाज र शिक्षाले हामीलाई व्यक्त-प्रदान गरेका ‘तिमी कमजोर छौ, तिमी यो गर्न सक्दैनौ, तिमीले ठूलो सोच्नु बेकार छ, तिमी स्वस्थ हुन सक्दैनौ, स्वास्थ्य हाम्रो हातमा छैन, तिमीले मेरो लागि नै भएपनि…………. सेवन गरेर आजको यो उत्सव मनाउँ’ लगायतका कुराहरुले हाम्रो अवचेतनमा गहिरो जरा गाडेको कारण त्यो अवस्था सृजना भएको हो ।

पुनः स्वस्थ बन्नका लागि हामी भित्र गडेका यस्ता वाक्यांशहरुलाई नयाँ ढङ्गले परिभाषित गर्ने प्रयत्न गरौं । किनकि कारण बदलेर परिणाम पनि बदल्न सकिन्छ । अहिले सम्मको मूल उपचार पद्धतिले कारणमा नभई लक्षण र परिणामको माध्यमबाट उपचारको प्रयत्न ग¥यो, जसले गर्दा हामी पूर्ण स्वस्थ बन्न सकेनौं ।

हामी आफ्नो दृष्टिकोण बदल्न साँच्ची समर्पित हुन्छौं भने हामी पुनः स्वस्थ बन्न सक्छौं । जुन हाम्रो अधिकार पनि हो । यसको लागि हाम्रो अवचेतनमा गडेका काँडाहरुलाई भने एक–एक गरेर बाहिर निकाल्नैपर्छ । यसको लागि सबैभन्दा राम्रो माध्यम भनेकै आफूसँग उपलब्ध सकारात्मक उपलब्धिहरुमा निरन्तर कृतज्ञता÷ धन्यवाद भाव उत्पन्न गराउनु हुनेछ । केही समयको यस्तो अभ्यासबाट हाम्रो स्वास्थ्यमा चमत्कारी सुधार आएको देखेर हामी आफैं अचम्मित हुनेछौं ।
तपाईं हाम्रो आजको दिन अत्यन्त सुखद र ऊर्जामय रहोस् ।

यहाँहरु सबैमा धन्यवाद । धन्यवाद । धन्यवाद ।

राेण्डा बर्नबाट लिखित पुस्तक चमत्का (The Magic) मा आधारित

शब्द संयाेजनः कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij