२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बिहीबार रातिदेखि लागू हुनेगरी साविकको खुद्रा मूल्यमा पेट्रोलमा २ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाइएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य यथावत राखेको छ।

इन्डियन आयल कर्पोरेशनबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij