काठमाडाैं, १२ चैतः ग्लोबल मनि विकको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सातै प्रदेशमा रहेका बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गर्दै यही चैत ४ देखि १० गतेसम्म ग्लोबल मनि विक-२०२५ मनाइएकाे हाे ।
बैंकले बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ्ग, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको सुरक्षाका साथै बचत, लगानी, तथा बैंकसँग कारोबार गर्दाका फाइदा लगायतका विषयमा तालिमहरू सञ्चालन गरेकाे छ । साथै जनचेतनामूलक र्यालीहरू पनि आयोजना गरेको छ ।
ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जानएकाे छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले दाबी गरेकाे छ । बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij