२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ग्लोकल स्किल हिरो २०२५

ग्लोकल स्किल हिरो २०२५

काठमाडैं, २ माघः ग्लोकल आफ्टर स्कुल प्रा.लिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सम्पन्न भएको छ । माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

“हामीले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ । हाम्रा युवाहरु विदेश पलायन भइरहेका छन् तर किन ? यसमा धेरै दृष्टिकोणहरु छन् । कसैको दृष्टिकोणमा यो सोसल स्टेटस हो, कसैको लागि बाध्यता हो भने कसैको लागि राम्रो अवसरहरूको खोजी । कारण जे भए पनि हामीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । विभिन्न क्षेत्रहरूमा रोजगारीका अवसरहरू पहिचान गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा समाजका हरेक तह र तप्काका मानिसले श्रमको सम्मान गर्न सिक्नुपर्छ ।” मन्त्री भण्डारीले भन्नुभयो ।


पौष २२ देखि पौष २९ सम्म चलेको ग्लोकल स्किल वीकमा सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरु एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदोे महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य राखेको कार्यबक्रम आयोजना गृिरएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि क्षेत्रमा विशेष योगदान पुर्याउने योद्धाहरुलाई सम्मान गरिएको छ ।कलाको पहिलो स्तम्भ अन्तर्गत गायक तथा गीतकार सुशान्त केसी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रा. लि. का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसी, पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल श्री समीर थापा, विज्ञान तथा प्रविधि विधामा श्री सानुकाजी श्रेष्ठ सम्मानित हुनुभयो ।

समापन समारोहमा “दिगो भविष्यः सीप, शिक्षा र हरित अर्थतन्त्र” शीर्षकमा सीईओ अनप्लग्ड २०२५ नामक प्यानल डिस्कसन पनि सन्चालन गरिएको थिया । उक्त प्यानल डिस्कसनमा नेपालका लागि युरोपेली संघका महामहिम राजदूत भेरोनिक लोरेन्जो, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सीप तथा तालिम महाशाखा प्रमुख एवम् उपसचिव  डम्बर सुनवार हुनुहुन्थ्यो भने मध्यस्थकर्ताको रुपमा युनिभर्सिटी अफ रोह्याम्प्टनका प्रोफेसर एवम भाइस चान्सलर तथा एम्बार्क कलेजका प्रिन्सिपल प्रोफेसर स्टीफन ड्राईभर रहनुभएको थियो । कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू सहित १०० जना भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij