काठमाडाैं । यही बैशाख २२ गते साँझ भर्चुअल माध्यमबाट ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा आकस्मिक बैठक बसेकाे छ ।
उक्त वैठकले हाल देशमा कोरोनाको संक्रमण दिनानुदिन तिब्र रुपमा बढिरहेको अवस्थामा अस्पतालमा बेडकाे अभाव देखिन थालेको, चिकित्सकको अपुग हुन थालेकाे र सँगसँगै अक्सिजनको समेत चरम अभावको कारण धेरै नेपालीले ज्यान गुमाउने क्रम बढन थालेको हुँदा ग्रील तथा स्टील उध्योग ब्यवसायमा प्रयोग भैरहेको अक्सिजनको खपतलाई केही समयको लागि रोकेर अक्सिजन आपुर्तीकर्ता संस्था मार्फत अस्पताललाइ ग्यास सिलिन्डर गराउने निर्णय गरी आजैबाट ग्यास सिलिन्डर सन्कलन कार्य शुरु गरिएको छ।
बैठकले कोरोनाको संक्रमणबाट बच्न प्रयोग गरिने सुरक्षाको बिधिहरु मध्ये हातमा सेनिटाइजर गर्न हेन्ड फ्री सेनिटाइजर स्टाण्ड , साबुन पानीले हात धुन हेन्ड फ्री पेडल हेन्ड्वास स्टेशन समेत निर्माण गरि उपलब्ध गराउन थालिएकोमा यस्लाइ अझ व्यापक रुपमा अगाडि बढाउने समेत निर्णय गरियो भने कोरोनाको संक्रमणबाट बच्न र अरुलाई समेत बचाउन निषेधज्ञाको पुर्ण रुपमा पालना गर्न गराउन, सुरक्षाका बिधिहरु अपनाउन र अनावस्यक काममा घरवाट बाहिर ननिस्कन आफ्ना सम्पुर्ण ग्रील तथा स्टील उध्योग ब्यवसायी, कामदार तथा आश्रति परिवारलाइ सचेत गराउन महासघमा आबद्द जिल्ला समितl क्षेत्रीय समिती इकाइ समिती मार्फत पहल गर्ने निर्णय गरियो।बैठकले विश्व भरी अनियन्त्रित रुपमा फैलिएको कोरिनाको संक्रमणबाट बच्न सरकारले घोषणा गरेको निषेधज्ञाबाट उध्योगमा पर्ने क्षति भन्दा मानबlय क्षति ठूलो हुने भएकोले यो महामारी नियन्त्रणमा नआउन्जेल सबैले धैर्य एवं संयमितता अपनाउँदै उच्च मनोबलका साथ सुरक्षित भएर आफ्नो स्थानमा बस्न आग्रह महासंघले आग्रह गरेको छ।
निषेधाज्ञा लम्बिँदै जाँदा उध्योगी व्यवसायीमा पर्ने क्षतिबाट प्रभाबितहरुलाइ सरकारबाट राहतका कार्यक्रमहरु घोषणा गरी सहज किसिमले प्रभाबितहरुलाइ उपलब्ध गराउन ग्रील तथा स्टील ब्यवसायी मगासंघ नेपालले प्रभाबकारी पहल गर्ने महासंघका अध्यक्ष मोहन कटुवालले बताए।
हाल देश भरी ११ हजार भन्दा बढी ग्रील तथा स्टील उध्योगमा १ लाख ६० हजार श्रमिक कार्यरत छन् भने यो ब्यवसायमा १५ लाख भन्दा बढी मानिस आश्रित छन्।