२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रिल व्यवसायीहरु भन्छन्, उद्योग चलायमान बनाउन सहुलियत र पुनर्कर्जा देउ सरकार

ग्रिल व्यवसायीहरु भन्छन्, उद्योग चलायमान बनाउन सहुलियत र पुनर्कर्जा देउ सरकार

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले आज नेपाल सरकार मातहत अर्थसचिव शिशिर ढुङ्गानालाई भेटेर ग्रील एवं साना लघु र घरेलु उद्योग व्यवसायमा लकडाउनले पारेको प्रभाव सम्बन्धमा आफ्नो ध्यानाकर्षण गराएको छ ।

ग्रील तथा स्टील व्यसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आज अर्थसचिवसँगको भेटघाटमा अर्थतन्त्र चलायमान हुन नसक्दा अहिले नै सङ्कट आइसकेको र आगामी सिनमा स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै तत्काल सुरक्षित तवरले उद्योग सञ्चालन हुने व्यवसस्था मिलाउन आग्रह गरे ।

अर्थसचिव सँगको भेटमा अध्यक्ष कटुवालले अहिलेको परिस्थितिलाई लक्षित गरी उद्योग व्यवसाय सञ्चालनको लागि थप सहजता ल्याउनुपर्ने माग समेत गरेका छन् ।

व्यवसायीहरुका पीडा समेटिएको विज्ञप्ति हस्तान्तरण गर्दै थप समस्या सृजना हुनबाट बचाउन र अर्थतन्त्रलाई पुःन गति दिन समेत कटुवालले आग्रह गरे ।
अध्यक्ष कटुवालले बुझाएको विज्ञप्तिमा उद्योग व्यवसाय सुचारु रुपले सञ्चालन गर्नका निम्ति मुख्यतः निम्न कुराहरु उल्लेखित छन् ।

क) सहुलियत ब्याज दरमा पुनर्कर्जा उपलब्ध गराउन आग्रह ।
ख) उद्योगमा भएका मेसिनहरुलाई समेत धितो राखी कम्तीमा १ करोड सम्म सहुलियत कर्जा उपलब्ध गराउन आग्रह ।
ग) लकडाउन अवधिमा बैक तथा बित्तिय संस्थालाई बुझाउनुपर्ने साँवा ब्याज बापतको रकम लकडाउन खुलेको कम्तीमा थप ६ महिना सम्मलाई जरिवाना नलाग्ने व्यवस्था गर्न आग्रह ।
घ) साना तथा घरेलु उद्योगलाई लक्षित गरी समस्या सम्बोधन हुने विशेष खालको राहत प्याकेज ल्याउन आग्रह ।

यस्तो छ महासंघका अध्यक्ष मोहन कटुवालले अर्थसचिव समक्ष पेश गरेको ज्ञापनपत्र

https://www.setoghar.com/wp-content/uploads/2020/05/Indra-Chamling-2nd-letter-1.pdf

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij