ललितपुर (पाटन), २६ माघः लोक साहित्य परिषद्ले रु ५० हजार राशिको ‘गौरी–अनन्त सिरपाः’ पुरस्कार नेपाः सूचना केन्द्रलाई प्रदान गरेको छ ।
ललितपुरको बखुङ्बहालमा आज आयोजित समारोहमा नेपाल भाषामा निरन्तर सूचना प्रवाह गरी योगदान पु¥याएबापत केन्द्रलाई उक्त पुरस्कार प्रदान गरिएको हो । परिषद्ले प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा साहित्यकार तथा अधिकारकर्मीहरु रमिला बज्राचार्य, यज्ञरत्न धाख्वाः, रमेशमान पिया, केशरमान ताम्राकार, पवित्र बज्राचार्य, हीराकाजी महर्जनलगायत वक्ताले केन्द्रका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij