२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोविन्द केसी द्वारा शिक्षामन्त्रीकाे राजीनामा माग

गोविन्द केसी द्वारा शिक्षामन्त्रीकाे राजीनामा माग

काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

डा. केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आफूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनले बताएका छन् । जनप्रतिनिधिले जनताका लागि बनाउनुपर्ने वृहत्तर जनहितका नीति नियम बनाउन अझै पनि आफूले लडेर बनाउन बाध्य गर्नुपर्ने अवस्था लज्जाजनक भएको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij