२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गोरखामा नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिने

गोरखामा नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिने

गोरखा । नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन गरिएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो ।

बिना दर्ता र नवीकरण एवं अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु शुक्रबारकै दिनबाट बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।

विभिन्न आयोजना बिकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागी आवश्यक परिणाममा ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खननको अनुमति प्राप्त उद्योग/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न यो सूचना प्रकाशित गरिएको हो’, प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

नियम विपरीत ढुंगा, गिट्टी, रोडा तथा वालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij