–वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र टोले गुन्डाहरुको प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् । –तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहीरी मान्छेलाई यहाँ प्रवेश गर्न दिँदैनन् । वडाध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन् । उनले भने, खानीमा गृहमन्त्री रामबहदुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको लगानी छ ।

दुई बर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रिजस्टारको काार्यालयमा पनि दर्ता छैन । खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा समिति गठन हुने प्रावधान छ । तर, ललितपुरमा ६ बर्षअघि गठित समिति निष्क्रिय छ । वालुवा तस्करीमा अवरोध नहोस् भनेर बर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ । उक्त खानी सँगैको बाटोमा ओहोर–दोहोर गर्ने व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्धारमा दुई तीन जना खटाइएका हुन्छन् । आजको नागरिक दैनिकमा खबर छ ।