२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे ।

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी,  जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij