२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गुल्मीका २ स्थानमा बम विष्फोट

गुल्मीका २ स्थानमा बम विष्फोट

गुल्मी । गुल्मीका २ स्थानमा गएराति बम बिष्फोट भएको छ । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले २ छुट्टा छुट्टै स्थानमा बम विस्फोट भए पनि मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए । रातिको समयमा बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका छन् ।

बम कसले विस्फोट गरायो भन्ने खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij