२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गुरू ट्राभल्स र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक समझदारी पत्रमा हस्ताक्षर

गुरू ट्राभल्स र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । पर्यटन क्षेत्रकै प्रथम ट्राभल कम्पनीको रुपमा स्थापित गुरू ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तिय संस्था मुक्तिनाथ विकास बैङ्कबीच व्यवसायिक सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

मंगलबार मुक्ति विकास बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ तथा गुरू ट्राभल्स लिमिटेडका प्रमूख संचालन अधिकृत अनिल धरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुइओटै संस्थाका वरिस्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सहमतिबमोजिम गुरू ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरुलाई आधिकारिक ट्राभल्स पार्ट्नरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ् विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासंग सहकार्य कायम रहने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij