प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षाको माग गरेका छन् ।
चिकित्सा शिक्षमा सुधारको माग राखी अनशन बस्दैआएका डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा माग्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले २६ पुसमा अन्दाजी ५.३० बजे तथा गत बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ ।
माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमै आएरसमेत धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन् ।
निवेदनमा वरिष्ठ अधिवक्ता भण्डारीले भनेका छन्, ‘मेरो ज्यानमा प्रधानन्यायाधीशबाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यूज्यानमा तलमाथि भएमा निज प्रधानन्यायााधीश गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij