काठमाडौं । गायक साहस शाक्यको ‘मेरो विश्व मेरो घर’ नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
संसारभरी कोरोनाको महामारीले सताईरहेको बेला विश्व बन्धुत्वको भावना जागोस भन्ने उद्धेश्यले केहि समय अगाडि बजारमा आएको `मेरो विश्व मेरो घर´ (My world my home) बोलको गीतको अंग्रेजी सव
टइटल सहित Lyrical भिडियो सार्वजनिक भएको छ ।
श्रोताहरुको व्यापक माया र अनुरोध पश्चात गीत सुहाउँदो भिडियो बनाएर पुन: सार्बजनिक गरिएको गायक शाक्यले बताएका छन ।
बिगत लामो समय देखी नेपाली गित संगीतका क्षेत्रमा सङ्गीत संयोजकको रुपमा चिनिंदै आएका शाक्यको सङ्गीत संयोजन , स्वर अनि ध्वनी मुद्रण समेत रहेको उक्त गीतमा गीतकार प्रकाश सुवेदीले समय सान्दर्भिक शब्द रचना गरेका छन ।
विशेष गरि विश्व वन्धुत्वलाई जोड दिइएको गीतले मान्छेमा बढ्दै गएको श्वार्थीपन, तेरो, मेरो, धार्मिक क्षेत्रीय र साम्प्रदायिक भावना, शक्तिशाली व्यक्ति र राष्ट्र हुनुको आडम्बर जस्ता यावत मानवीय नकरात्मक पक्षहरुलाई एउटा अदृष्य जिवाणुले नराम्रो सँग ठेगान लगाइदिएको विषयलाई बिम्बात्मक शैलीमा उठान गरिएको छ। नक्शा र सिमानाले जे जति भागमा बाँडिएता पनि अाखिर पुरै विश्व एउटै हो र विश्वमा रहने हरेक व्यक्तिहरु दाजुभाइ हुन् भन्ने आशय गीतमा झल्किएको छ।
आऊ नक्शाको सिमाङ्कित रेखा तोडेर फराकिलो बन्नुछ
हिजो गाउँ, देश र राष्ट्रियता भनियो अब मेरै विश्व भन्नुछ
मेरो विश्व मेरो घर
हटाउनु छ सब जहर
अन्धकार चिरी
बदल्नु छ प्रहर
अहिले हामीले जस्तो खालको साझा समस्या झेलिहेका छौं त्यो विश्वकै साझा समस्या हो कहिलेकाहीँ समस्या यति शक्तिशाली बनेर आउँछ कि जसलाई न त मानव निर्मित संरचना र प्रविधिले नै रोक्न सक्छ नत प्राकृतिक ढालहरुले नै। एउटा सानो झिल्कोले संसार सिद्याउन सक्दोरहेछ भन्ने यथार्थ भोगीरहेको अवस्थामा हामी एक अर्काको सारथी बन्न सक्नु मात्र हैन समग्र विश्वनै मेरो घर हो भन्न पनि सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ।
ब्यथा उही, कथा उही मानवता एउटै धर्म
हिन्दु मुस्लिम जे जे भन सबको हुन्छ एउटै मर्म
चीन, बेलायत अमेरिका,इटली र स्पेन रोयो
सल्किएको झिझिल्कोले आज पुरै संसार छोयो ।
जब समस्या साझा बनेर आउँछ तब समाधान पनि साझा नै बन्नुपर्छ बाख्रो खाने बाघले भोलि मान्छे पनि खान सक्छ भन्ने नेपाली लोकोक्ति अहिले चरितार्थ भएको छ। त्यसैले एउटालाई समस्या पर्दा अर्कोलाई दुख्नुपर्छ र पारस्परिक सहयोग बिना सांसारिक समस्यालाई अन्त्य गर्न सकिँदैन भन्ने भाव बोकेको यो गीतलाई टि.एन.भट्ट विश्वामित्रले अङ्ग्रेजीमा भाषानुवाद, अधिनायक मान शेरचनले भिडिओको सम्पादन अनि दीपेन्द्र के सीले भिडिओ को निर्देशन गरेका छन् ।
बिपत्तिले सीमा नाघ्दा छेकेन खै ग्रेटवालले
न त छेक्यो सागरले नै न त छेक्यो हिमालले
मान्छे मान्छे सबै उस्तै सिङ्गो जगत घर मानी
अभिमान, रीस त्यागौं हीत परस्पर ठानी ।
यस भिडिओलाई बोधी ध्यान यु ट्युब च्यानल ले प्रकाशनमा ल्याएको छ ।
https://youtu.be/cOLJB2-nCkk
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij