काठमाडौं – यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णय विरुद्ध हड्तालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ ।
हडतालको समर्थन गर्दै नचलाउने सवारीसाधनको रुट नै खारेज गरिदिने सरकारकाे चेतावनी छ । यसबाहेक, यातायात व्यवस्था विभागमा कम्पनी अन्तर्गत दर्ता भएका २२ कम्पनीका ६१९ गाडी गुडाउने तयारी छ ।
देशभर ५० प्रतिशत सवारी गुड्ने अपेक्षा गरेको विभागले सबै सवारीसाधनका लागि सुरक्षाको बन्दोबस्त मिलाएको पनि बताएको छ । आजको नयाँ पत्रिकादैनिकमा समाचार छापिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij