२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

गरिमा विकास  ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

गरिमा विकास  ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुयाउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ ।

यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोलि निःशुल्क डिम्याट खाता र निःशुल्क सि–आस्बा सुविधा लिन सकिनेछ ।

पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नुहुनेछ ।

वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ ।

जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोन्नतिमा केहि हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभएको छ ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij