नेपाली कांग्रेसका नेता डा. शेखर कोईराला राजधानीस्थित बीर अस्पतालमा पुगि लामो समयदेखी आमरण अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै डा कोईरालाले अधिकारीको अवस्था प्रति सरकार र सरोकारवाला मौन रहनु अत्यन्त दुखदायी कुरा भएको बताए।
गंगामायाको मुद्दालाई द्धन्दकालिन समयको घटनासँग जोडेर हेर्न नमिल्ने समेत डा. कोईरालाको भनाई थियो ।
गंगामायाका जस्ता धेरै त्यस्ता मुद्दा रहेको बताउँदै डा कोईरालाले भने, ‘ति मुद्दाहरुलाई द्धन्दकालिन घट्नाका मुद्दासँग जोडेर अपराधीलाई उन्मुक्ती दिन मिल्दैन ।’
श्रीमान नन्दप्रसादसँगै अनसनमा बसेकी गंगामायाको स्वास्थ्य स्थिति बिग्रदै गएपछि कोइरालाले भेटेर यस्तो प्रतिक्रिया दिएका हुन् ।
तत्कालिन समयमा ऐतिहासिक १२ बुँदे सम्झौतामा महत्वपुर्ण भुमिका खेलेका शेखर कोईरालाले तत्कालिन समयको युद्धरतपक्ष शान्तिपुर्ण राजनितीमा आएको यतिलामो समय बिति सक्दा पनि द्धन्दकालिन मुद्धाहरु समेत अझै टुंगोमा नपुर्याउनु दुर्भाग्यको कुरा भएको टिप्पणी समेत गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij