२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

क्वारेन्टिनबाट घर पुगेका ६६ जनामा कोरोना पुष्टि

क्वारेन्टिनबाट घर पुगेका ६६ जनामा कोरोना पुष्टि

धनगढी । क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जना सहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।

भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर गए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भयो । घर गएका मध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताए ।

क्वारेन्टिनबाट घर गएका संक्रमितहरू केदारस्यूँ गाउँपालिकाको ६ र ७ का बासिन्दा भएको उनले बताए । अहिले दुबै वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij