काठमाडौं, ६ चैत्रः क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओ बाँडफाँड सम्पन्न भएको छ । मंगलवार एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको शेयर बाँडफाँट भएको हो ।
प्रति शेयर रु.१०० अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/२२ गते देखि २०८१/११/२६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
उक्त अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत कुल १,९६५,८११ जना आवेदकहरुबाट २२,७३९,६५० कित्ता शेयरको लागि आवेदन प्राप्त हुँदा सो मध्य १०,१२६ जना आवेदकबाट १,५४,८८० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले रद्द भएको जनाएको छ ।
योग्य कूल १,९५५,६८५ जना आवेदकलाई गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij