काठमाडाैं, ३ चैतः कोशी प्रदेश प्रमुख परशुराम खापुङले हालै पाँच विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखज्यूबाट प्रमाणित गर्नु भई पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज गते प्रमाणीकरण गर्नुभएको हाे ।
१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१
२. प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१
३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
४. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
५. कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij