२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना सङ्कट लम्बिँदै जाँदा नेपाली काङ्ग्रेस थप रचनात्मक बन्नु जरुरी छः उमेश थानी

कोरोना सङ्कट लम्बिँदै जाँदा नेपाली काङ्ग्रेस थप रचनात्मक बन्नु जरुरी छः उमेश थानी

उमेश थानी, पूर्वमहासचिव, नेपाल इन्जिनियर्स एसोसिएसन

नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव तथा युवा नेता उमेश थानीले अहिले विश्वभर कोरोना संक्रमण निकै जोखिमयुक्त हुँदै गएको अवस्थामा नेपालमा पनि सचेतना अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । विश्वका शक्ति राष्ट्रहरु कोरोनाको भ्याक्सिन बनाउने अभ्यासमा लागिरहेको र केही देशहरुले पहिलो चरणको परीक्षण अन्तिम चरणमा पुर्याएको बताइरहँदा विश्व स्वास्थ्य संगठनले भने कोरोना नियन्त्रणमा आउन अझै निकै लामो समय लाग्ने बताएकोले हामीले थप सचेतना अपनाउनु जरुरी रहेको नेपाली काङ्ग्रेस अन्तरगत बौद्धिक लोकतान्त्रिक समूहले आयोजना गरेको एक विशेष कार्यक्रममा बताउनुभएको छ ।

कोरोना संकटलाई लक्षित गरी आह्वान गरिएको लकडाउन लम्बिँदै जाँदा र कोरोना रोकिने अवस्था अझै नदेखिएको अवस्थामा अब थप रचनात्मक समेत बन्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ । नेपाली काङ्ग्रेसका जुझारुयुवा नेताको रुपमा पहिचान बनाउनुभएका ऊहाँले जुम एप्लिकेसन मार्फत नेपाली काङ्ग्रेसका अग्रज र बौद्धिक व्यक्तित्वहरुसँगको छलफलमा यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काङ्ग्रेस अब नयाँ रणनीति सहित अघी बढ्नुपर्ने आवश्यकता समेत औंल्याउनुभएको छ । यही लकडाउन र कोरोना कहर बीच पनि थुप्रै रचनात्मक क्रियाकलापमा सहभागि हुन सकिने, प्रकोप व्यवस्थापनमा प्रविधिको प्रयोग गर्न सकिने, विदेशबाट फर्किने युवाहरुलाई कृषि, निर्माण क्षेत्र लगायतमा ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिने बताउँदै यस कार्यमा नेपाली काङ्ग्रेसको महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ ।

उहाँले नेपालको राजनीति प्रति सङ्केत गर्दै लकडाउन बीच ल्याइएको अध्यादेश, एमसिसि, सेना परिचालन लगायतलाई लक्षित गर्दै कतै प्रधानमन्त्री निरंकुशताको बाटोमा त हिँडिरहनुभएको छैन ? भन्ने प्रश्न गर्नुभएको छ । साथै प्रजातान्त्रिक अभ्यास एवं नागरिक स्वतन्त्रताको लागि समेत अब प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेसको भूमिका रचनात्मक हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ । पछिल्ला दिनहरुमा नेपालमा मात्र नभई विश्वभर नै संकटकाल तथा सेना परिचालन एवं नेतृत्व वर्गलाई असीमित शक्ति प्रदान गरिएको र त्यसबाट जनताको स्वतन्त्रता कुण्ठित भएको बताउनुभएको छ ।

नेपालमा पनि सेना परिचालन बारे चर्चा चलिरहेको र सेना परिचालनको निर्णय नेपाल सरकारबाट भइसकेको अवस्थामा कोरोनालाई बाहिर देखाएर भित्री रुपमा अन्य राजनीतिक षड्यन्त्र समेत हुन सक्नेमा समेत उहाँले नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षित गराउनुभएको छ । सरकारलाई खबरदारी गर्नुपर्ने दायित्व नेपाली काङ्ग्रेसको काँधमा आएको समेत उहाँले बताउनुभयो ।

नेपालका सबै ६ हजार ७ सय ४३ वटै वडामा तरुण दल परिचालन गरी विदेशबाट फर्किएकाहरुको तथ्याङ्क संकलन गर्ने र उनीहरुलाई उद्यमशिल बनाउन तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, उनीहरुमा भएको सीप पहिचान गर्ने र डिजिटल वेव एप्सको विकास गरी त्यसबाट रोजगारमूलक कम्पनी र जनशक्ति आपसमा सजिलै जोडिन सक्ने व्यवस्था गर्न उपयुक्त हुन सक्छ ।

कोरोना संकट बीच नै प्रधानमन्त्री केपी शर्मा ओलिले २ ओटा अध्यादेश जारी गर्नुभएको र प्रतिपक्ष, जनता र पार्टी भित्रकै असन्तुष्टि लगायतका कारण उक्त अध्यादेश फिर्ता लिइएको उक्त घटनाले पनि प्रधानमन्त्री निरंकुश बन्ने दिशामा अघी बढेको हुनसक्ने थानीको धारणा छ ।

हङ्गेरीका प्रधानमन्त्रीको उदाहरण दिँदै उहाँले गरेका निर्णयमा संसदमा कसैले प्रश्न उठाउन नपाउने व्यवस्था गरिएको, थाइल्याण्डमा पनि कुनै पत्रिकाले सरकारले व्यवस्थापन नगरेका विषयवस्तु बारे प्रश्न उठाए मुद्दा लाग्ने व्यवस्था गरिएको जस्ता उदाहरण दिँदै कतै नेपालमा पनि यस्तै व्यवस्था त गरिने होइन भन्ने सम्बन्धमा अहिले देखि नै नेपाली काङ्ग्रेस सचेत रहँदै आफ्ना गतिविधिहरु बढाउँदै जानुपर्नेमा उहाँले पार्टीको नेतृत्व वर्गलाई ध्यानाकर्षण गराउनुभएको हो ।

विकास निर्माण कार्यमा नेतृत्वको भूमिका
विदेशमा रहेका नेपालीहरु ठूलो सङ्ख्यामा स्वदेश फर्कने अवस्थामा रहेको र उनीहरुको व्यवस्थापन यहाँ कठिन रहने देखिएको अवस्थामा नेपालमा निर्माण क्षेत्र ठूलो रोजगारी प्रदान गर्ने क्षेत्र हुन सक्ने समेत उहाँले बताउनुभयो ।

अहिले सम्म नेपालमा अधिकांश कामदारहरु भारतका रहेको बताउँदै भारतमा रेमिट्यान्स जाने देश मध्ये नेपाल सातौं स्थानमा रहेको र अब भने विदेशबाट फर्किने नेपालीलाई उनीहरुको सीप र क्षमता अनुसारको काममा लगाई नेपालको लागि आवश्यक जनशक्ति नेपालबाटै पुर्ति गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उनीहरुलाई नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य वीमा कार्यक्रम ल्याई विभिन्न किसिमका निर्माण कार्यमा संलग्न गराउन सकिनेमा थानी विश्वस्त हुनुहुन्छ । यसको लागि नेपालका विभिन्न निकायहरु बीच आपसी सहकार्य हुनु आवश्यक छ ।

एउटा अध्ययन अनुसार नेपाल भित्र नै कोरोना संकटसँगै हरेक ५ मध्ये ३ जनाको रोजगारी गुमेको अवस्थामा युवा व्यवस्थापन ठूलो चुनौतीपूर्ण हुन सक्ने उहाँको बुझाई छ । यस्तो अवस्थामा नेपालका सबै ६ हजार ७ सय ४३ वटै वडामा तरुण दल परिचालन गरी विदेशबाट फर्किएकाहरुको तथ्याङ्क संकलन गर्ने र उनीहरुलाई उद्यमशिल बनाउन तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, उनीहरुमा भएको सीप पहिचान गर्ने र डिजिटल वेव एप्सको विकास गरी त्यसबाट रोजगारमूलक कम्पनी र जनशक्ति आपसमा सजिलै जोडिन सक्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाउनुभएको छ । यस कार्यमा पार्टीले पहलकदमी लिने हो भने त्यसमा सहयोग गर्न आफू पनि तयार रहेको समेत बताउनुभएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार लकडाउन शुरु भएको पहिलो २ महिनामा मात्र (चैत ११ देखि जेठ १० सम्म) ९ सय १६ जना नेपालीले आत्महत्या गरेका छन् । जुन निकै नै उच्च हो । यसमा आर्थिक व्यवस्थापन ठूलो चुनौती हुन सक्ने अनुमान गर्न सकिन्छ ।

लकडाउन अवधिमा सुत्केरी अवस्थाका ६५ भन्दा बढी सुत्केरी महिलाहरुले ज्यान गुमाउनुपरेको छ । घरेलु हिंसाहरु निकै नै बढेका छन् । यस्तो अवस्था हाम्रो लागि थप चुनौतीपूर्ण हुन सक्छ । यसलाई तत्काल व्यवस्थापन गर्न जरुरी छ । यसको लागि प्रविधिको प्रयोग हाम्रो लागि नयाँ सम्भावना बन्न सक्छ र बन्नु पनि पर्छ ।

कृषि बन्न सक्छ अर्को ठूलो रोजगारी क्षेत्र
नेपालमा फर्कने सब नेपालीलाई निर्माण क्षेत्रमा मात्र व्यवस्थित गर्न नसकिने बताउँदै उहाँले कृषिमा विभिन्न प्रकोप आउन सक्ने, काम कठिन रहेको, बजार व्यवस्थित बन्न नसकेको, कृषि क्षेत्र व्यावसायिकरण हुन नसकेको अवस्थामा पनि प्रविधिको प्रयोग सहित युवाहरुलाई कृषिमा आकर्षित गर्नु उपयुक्त हुने कुरामा जोड दिनुभएको छ । पछिल्लो समय विश्व कृषि बजारमा सलह किरा नयाँ प्रकोप बन्दै गएको समेत बताउँदै उहाँले कोरोना पछिको आर्थिक विकास, कृषिको व्यावसायिकरण एवं बजारीकरण, कृषि सहकारीबाट कृषकले लाभ लिन सक्ने अवस्थाको सृजना तथा सहजीकरण सम्बन्धमा पनि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभएको छ ।

कोरोना सङ्कट सँगै निम्तिएका अन्य जोखिमहरु
‘लामो समयको लकडाउनले नेपाली डिप्रेसनको सिकार समेत भएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार लकडाउन शुरु भएको पहिलो २ महिनामा मात्र (चैत ११ देखि जेठ १० सम्म) ९ सय १६ जना नेपालीले आत्महत्या गरेका छन् । जुन निकै नै उच्च हो । यसमा आर्थिक व्यवस्थापन ठूलो चुनौती हुन सक्ने अनुमान गर्न सकिन्छ ।

लकडाउन अवधिमा सुत्केरी अवस्थाका ६५ भन्दा बढी सुत्केरी महिलाहरुले ज्यान गुमाउनुपरेको छ । घरेलु हिंसाहरु निकै नै बढेका छन् । यस्तो अवस्था हाम्रो लागि थप चुनौतीपूर्ण हुन सक्छ । यसलाई तत्काल व्यवस्थापन गर्न जरुरी छ । यसको लागि प्रविधिको प्रयोग हाम्रो लागि नयाँ सम्भावना बन्न सक्छ र बन्नु पनि पर्छ । जस अन्तरगत एउटा टोल फ्रि नम्बर लिएर त्यसमा महिला समूहलाई परिचालन गरी उनीहरुका गुनासो र समस्या नोट गरी समाधानको लागि भूमिका खेल्ने कार्यमा नेपाली काङ्ग्रेस जुट्नु जरुरी छ’ युवा नेता थानीले भन्नुभयो ।

नेपाल सरकारले महामारीमा प्रभावकारी भूमिका खेल्न नसकेको अवस्थामा नेपाली काङ्ग्र्रेस थप सृजनशिल बन्दै नेपाली जनताहरुको पीडामा मल्हमपट्टी लगाउन जागरुक बन्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij