कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिन सक्ने अमेरिकाको एक अध्ययनकाे दाबी छ । अमेरिकाको सेन्टर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्त्य हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।
सो प्रतिवेदनमा कोभिड–१९ पहिलेका महामारीले अहिलेको अवस्थालाई मूल्यांकन गरेर तीन सम्भावनाहरु प्रस्तुत गरिएको छ। ‘पहिलो सम्भावना यो छ कि महामारी विभिन्न उतार चढावपछि सन् २०२१ सम्ममा अन्त्य हुने सक्नेछ । यसमा विभिन्न देशको भौगोलिक परिवेश र भाइरसलाई नियन्त्रणमा लिनका लागि गरिएका प्रयासमा निर्भर रहन्छ ।’
अवस्था नाजुक रहेमा कोरोना भाइरसको संक्रमण सन् २०२२ सम्म पनि रहने प्रतिवेदनमा उल्लेख छ । सन् १९१८–१९ को स्पेनिस फ्लू महामारीका बेला पनि यस्तै भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij