२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

६ लाख बढि संक्रमित

कोरोना अपडेटः अमेरिकामा थपिए एकैदिन २४ सय संक्रमित

कोरोना अपडेटः अमेरिकामा थपिए एकैदिन २४ सय संक्रमित

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारी झन् भयावह बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र २४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण मंगलबार मात्रै २४ सय ७ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो । यसअघि अप्रिल ११ मा २ हजार ३५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कुल संक्रमतिको संख्या ६ लाख १३ हजार ८८६ पुगेको छ । २६ हजार ९४५ नयाँ संक्रमित मंगलबार मात्र थपिएका छन् । त्यहाँ हालसम्म कोरोना संक्रमणका कारणा २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सोमबार अमेरिकामा १ हजार ५१६ को मृत्यु कोरोना संक्रमणकै कारण भएको थियो । आइतबार पनि अमेरिकामा १ हजार ५२८ को ज्यान गएको थियो । जुन त्यअघिका दिनहरूको भन्दा कम हो । तर मंगलबार फेरि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको वर्ल्डोमिटर्सले तथ्यांकले देखाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ को मृत्यु भइसकेको छ । त्यहाँ मंगलबार मात्र ७७८ जनाको मृत्यु भएको छ भने ७ हजार ५६८ नयाँ केस फेला परेका छन् । यससँगै न्यूयोर्कमा कुल संक्रमितको संख्या २ लाख ३ हजार १२३ पुगेको छ । त्यहाँ सोमबार ६७१ को मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij