२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोनालाई व्यवसायजन्य रोगमा सूचीकृत गर्न माग

कोरोनालाई व्यवसायजन्य रोगमा सूचीकृत गर्न माग

कोरोनालाई व्यवसायजन्य रोगमा सूचीकृत गर्न जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले माग गरेका छन् ।

कोरोना भाइरसबाट हालसम्म हालसम्म विसांै लाख मानिसहरु संक्रमित भैसकेका छन् भने करिब १ं.३ लाखले ज्यान समेत गुमाईसकेको तर्फ लक्षित गर्दै उनले यसको सबैभन्दा प्रत्यक्ष मारमा अग्रपंक्तीमा काम गर्ने चिकित्सक, परिचारिका, पारामेडिकल एवं फोहर व्यवस्थापन लगायतमा अति आवस्यक सेवामा खटिने कर्मचारीलाई पर्ने समेत बताएका छन् । अति आवश्यक सेवा अन्तरगत प्रयोगशाला परीक्षण, एंम्बुलेन्स, शवगृह, शवदाहगृह, औषधी उत्पादन तथा विक्रीवितरण, खाद्यान्न, खानेपानी, ईन्धन, यातायात, सुरक्षा तथा संञ्चार माध्यम आदिमा कार्यरत कर्मचारीहरु एवं मजदुरहरु पर्दछन् ।

विश्वका कैयौं मुलुकहरु जस्तै अमेरिका, कोरिया, फिलिपिन्स, मलेशिया आदि देशहरुमा यस कोभिड १९ रोगलाई कानूनी रुपमा नै व्यावसायजन्य रोगको रुपमा पहिचान गरी आवस्यक सुरक्षा, व्यक्तिगत सुरक्षा कवच (Personal Protective Equipements-PPEs_) र क्षतिपुर्तिको यथेष्ट सुनिश्चितता प्रदान गर्नुपर्ने शाहको धारणा छ ।

यसको लागि सबै सरोकारवाला निकायहरु (प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य एवं जनसंख्या मन्त्रालय)बाट सुनिस्चितता प्रदान गर्न गराउन अनुरोध गर्नुका साथै यसको लागि अहिले नै कार्यान्वयनको एकदमै उचित समय पनि रहेकाले तत्काल कार्यान्वयनको लागि विशेष माग गरिएको छ ।

केन्द्रले यसको कार्यान्वयन सम्बन्धममा अघी सारेका ४ मागहरु यस प्रकार छन् ।

(क) कोभिड १९ रोगलाई व्यावसायजन्य रोगको रुपमा कानून तहबाटै पहिचान प्रदान गर्ने ।

(ख) श्रम ऐन २०७४ को दफा ८२ र श्रम नियमावली २०७५ को नियम ५२ ले व्यावसायजन्य रोगको सूची श्रम मन्त्रालयलाई तयार पारी राजपत्रमा प्रकाशन गर्ने जिम्मेवारी दिँदा पनि हाल सम्म सूची प्रकाशन नभएको अवस्थामा सो सम्बन्धि सूची तयार पारी कोभिड–१९ रोगलाई पनि व्यवसायजन्य रोगको रुपमा समावेश गर्ने गराउने ।

(ग) अग्र पंक्तिमा काम गर्ने चिकित्सक, परिचारिका, पारामेडिकल एवं फोहर व्यवस्थापन लगायत यस्तै महामारी एवं दैवि प्रकोपका बेला अन्य अति आवस्यक सेवा जस्तै प्रयोगशाला परीक्षण, एंम्बुलेन्स, शवगृह, शवदाहगृह, औषधी उत्पादन तथा विक्रीवितरण, खाद्यान्न, खानेपानी, ईन्धन, यातायात, एम्बुलेन्स, सुरक्षा तथा सञ्चार माध्यम आदिमा कार्यरत कर्मचारीहरु तथा संलग्न मजदुरहरु सबैलाई आवस्यक सुरक्षा, व्यक्तिगत सुरक्षा कवच (Personal Protective Equipements-PPEs_) र क्षतिपुर्तिको सुनिस्चितता गर्ने गराउने ।

(घ) व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि ILO Convention 155 लाई यथाशिघ्र अनुमोदन गरी प्रभावकारी कार्यान्वयन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij