२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कैलाश विकासको २५ प्रतिशत बोनस शेयर पारित

कैलाश विकासको २५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । कैलाश विकास बैंकको २५ प्रतिशत बोनस शेयर पारित भएको छ ।

बैंकको आज आयोजित २३ औं साधारण सभाले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

साथै आजै बसेको संचालक समितिको बैठकले राजेन्द्र गिरी लाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ५८ करोड ३ लाख रुपैयाँ रहेकोले उक्त नयाँ बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले २० प्रतिशत हकप्रद निश्काषनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरिसकेको छ । उक्त हकप्रद निश्काषन पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब उनन्तीस करोड १५ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij