२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कैलाली-५ को मतगणना भोलि ८ बजेदेखि हुने

कैलाली-५ को मतगणना भोलि ८ बजेदेखि हुने

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना भोलि बिहानदेखि हुने भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले स्वास्थ्य समस्याको कारण देखाउदै भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भोलि मात्र मतगणना गरिने जानकारी दिए । ‘मुख्य निर्वाचन अधिकृत ज्यू स्वास्थ्यमा समस्या देखिएपछि आराम गरिरहनुभएको छ,’ भट्टले भने, ‘अब भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने कुरा भएको छ । यसमा सबै दल र उम्मेदवार सहमत भएका छन् ।’

यसअघि आज दिउँसो १ बजेदेखि हुने भनिएको मतगणना मुख्य निर्वाचन अधिकृतको स्वास्थ्य समस्याका कारण अनिश्चित बनेको थियो ।

सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धनले वडागत रुपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले एकमुष्ट गणना हुनुपर्ने माग राखेपछि विवाद भएको थियो । सोही क्रममा मुख्य निर्वाचन अधिकृत ढलेपछि बेहोस भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij