२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

के हो पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) ?

के हो पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) ?

विश्व अहिले कोरोनाभाइरस (कोभिड १९) संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि कोभिड १९) को संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । केही संक्रमित फेला परेको अवस्थामा संदिग्ध बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने सामानको अभाव हुनेतर्फ पनि विज्ञहरुले चिन्ता प्रकट गर्न थालेका छन् । कोरोना संक्रमणको लक्षण देखिएर अस्पताल गएका बिरामीको उपचार तथा चेकजाँचमा संलग्न हुन सरकारी, अर्धसरकारी र निजी अस्पताल तथा स्वस्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले निर्देशन दिएका छन् ।

निजी तथा अर्धसरकारी अस्पतालका चिकित्सकहरुले सुरक्षात्मक उपकरण (पीपीई)को कारण देखाउँदै कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भएर आएका बिरामीको उपचारमा इन्कार गर्दै आएका छन् ।
पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) के हो ?

पर्सनल प्रोटेक्सन इक्युपमेन्ट अर्थात व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ले ‘कोभिड १९’ वा अन्य कुनै रोगका किटाणुलाई व्यक्तिको शरीरभित्र छिर्नबाट जोगाउने गर्छ । कोरोना संक्रमित तथा लक्षण देखिएका बिरामीलाई उपचार तथा जाँच पड्तालका क्रममा संदिग्ध भाइरस स्वास्थ्यकर्मीको शरीरमा प्रवेश गर्ने सम्भावना रहन्छ ।

त्यसैले नाक, मुख, आँखालगायतका अङ्गबाट शरीरमा किटाणुको संक्रमण प्रवेश गर्नबाट रोक्नका लागि स्वास्थ्यकर्मीलाई  व्यक्तिगत सुरक्षात्मक उपकरण अनिवार्य हुन्छ । पीपीई एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् ।

व्यक्तिगत सुरक्षात्मक उपकरण लगाएर शौचालय जान मिल्दैन । त्यसैले कोरोनाभाइरसका संक्रमित र लक्षण देखा परेका बिरामीको संख्या बढ्दै गएमा हाल उपलब्ध पीपीईले नपुग्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।

व्यक्तिगत सुरक्षात्मक उपकरणभित्र मास्क, गाउन, हेडकभर, गगल्स, ग्लोब्स आदि पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij