२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

 केएल रेसिडेन्टमा आगलागी

 केएल रेसिडेन्टमा आगलागी

काठमाडौंको सानो गौचरणस्थित  केएल रेसिडेन्ट अपार्टमेन्टमा बुधबार साँझ आगलागी भएको छ ।
आगलागीबाट एक जना घाइते भएको महानगरीय प्रहरी बृत्त  कमलपोखरीका डिएसपी कूलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार भारतीय नागरिक वीरबल माझी घाइते भएका हुन् ।  शरीरको भाग जलेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । उनको अवस्था चिन्ता जनक रहेको बताइएको छ ।
अपार्टमेन्टको पहिलो तलामा रहेको  एक कोठामा आगलागी भएको हो ।
केमिकल रियाक्सनको कारण आगलागी भएको बताईको छ ।
घटनास्थलमा पुगेको दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा केहिबेरमै आगलागी नियन्त्रणमा लिन सकिँदा अन्य स्थानमा आगो फैलिन नपाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij