
काठमाडाैं । कृषि विकास बैंक कर्मचारी संगठन नेपालले आन्तरिक र अन्तर बैँक तथा बित्तिय संस्थान ब्याडम्यान्टिन प्रतियोगिता आयोजना गरेको छ ।
कृषि बवकास बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा संगठनले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता वैशाख १९ देखि २१ सम्म संचालन हुनेछ ।
काठमाण्डौको बसुन्धरा फिटनेस पार्क ब्याडम्यान्टिन एकेडेमीको हलमा शुरु भएको प्रतियोगिताको बुधवार संगठनका अध्यक्ष ईन्द्रमणी घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कर्मचारीहरुबीच आपसी सदभाव अभिबृद्धि गर्न खेल आयोजना गरिएको संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले बताउनुभयो । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले कर्मचारीहरुबीच सामुहिक भावनाको विकास गराउन खेल आयोजना गरिएको बताउनुभयो । उहाँले कर्मचारीहरुको सामुहिक प्रयास कै कारण बैंकको नाफा गत वर्ष भन्दा दोब्बर भएको जानकारी दिनुभयो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij