२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कृषि उत्पादन वृद्धिकाे लागि बजेटले बिशेष सम्बोधन गर्नुपर्छः चन्द्र बहादुर थापा

कृषि उत्पादन वृद्धिकाे लागि बजेटले बिशेष सम्बोधन गर्नुपर्छः चन्द्र बहादुर थापा

-चन्द्र बहादुर थापा (धादिङ)

मुलुक कोरोना संक्रमणका कारण निकै ठूलो समस्यामा पुगेको छ । कसरी संक्रमण नियन्त्रणमा ल्याउने भन्नेमा सबैको चिन्ता चासो र प्रयास छ । Covid-19 का कारण लामो समय देखिको सिथिल अर्थतन्त्रसँगै गुमेका रोजगारीहरुकाे पुनर्स्थापना एवं व्यवस्थापन कार्य निकै ठूलाे चुनाैती बनेको छ ।

अझै पनि हामी सबै जनतामा खोप उपलब्ध हुन सकेकाे छैन । सबै जनताकाे पहुँचमा अझै पनि  अस्पतालमा राम्राे उपचार, बेड र अक्सिजन उपलब्ध हुन सकेकाे छैन । यसलाइ उचित समाधान गरी जनताकाे जीवनरक्षा हुन सकाेस् भनेर हामी जनताहरु सरकारसँग अनुरोध गरिरहेका छाैं । यस्तो कठिनपूर्ण एवं अकल्पनीय संकटको घडीमा सबै एकजुट भई संकट समाधानमा उपलब्ध सबै किसिमका स्राेतसाधनयुक्त शक्तिहरु परिचालन गरिनुपर्नेमा आम नागरिकहरुकाे विश्वास एवं भराेसा रहँदै आएकाे छ । यद्यपि जनतालाइ नै सर्वशक्ति सम्पन्न मानिने लाेकतान्त्रिक प्रणाली भएकाे नेपाल जस्ताे मुलुकमा राज्य संचालनकाे अगुवाइ गरिरहेका राजनीतिक दलहरु एवं अग्रज नेतागणहरुकाे बेमेलबाट जनताहरु भने थप निराशा हुन बाध्य छन् ।

जब-जब मुलुकमा जुन कुनै संकट आउँछ, तब सबै शक्तिहरु आपसी एकजुट भएर समाधानार्थ खटिने संस्कार हामी नेपालीको लागि नाैलाे हाेइन, पुर्ख्याैंली संस्कार नै हो । यतिबेला पनि हामीले ठूलाे सङ्कट सामना गरिरहेका छाैं । यस्ताे परिस्थितिमा हाम्रो चाहना र कामना भनेकाे यतिबेला नेपाल सरकार र जनता एवं देशकाे भलाे चिताएर राजनीति कर्ममा हाेमिएका सम्पूर्ण राजनीतिक दलहरु तथा हामी जनताहरु एकजुट भएर काेराेना संक्रमण नियन्त्रणमा लाग्नुपर्ने अवस्था छ । यसलाई नेतृत्व वर्गले पनि अवश्य बुझ्नु नै भएकाे छ ।

मुलुकमा यतिबेला यही सङ्कट बिच आगामी आर्थिक वर्ष (२०७८-७९)को बजेटका लागि आवश्यक तयारी भईरहेको छ । संकटको घडिमा यस वर्षको बजेटको निकै महत्त्वपूर्ण भुमिका हुनेमा जनताहरु आशावादी छन् । जसमा स्वास्थ्यलाई उच्च स्थान दिँदै कृषिमा आत्मनिर्भरमुखी बजेट ल्याउनुपर्नेमा अधिकांश जनताहरुकाे मतैक्यता छ ।

यसकारण कृषिकेन्द्रित बजेटः

यदि समयमै कृषिमा आत्मनिर्भर हुन सरकारबाटै बिशेष नीति र निर्देशन भएन भने अहिले रोगबाट  सृजना भए जस्तै खाद्यान्न अभावका कारण भोकबाट पनि ठूलाे समस्या सृजना हुने संभावना देखिन्छ । विगतका दिनहरूमा सम्बन्धित निकायहरुको ध्यान नपुग्दा कृषि भुमि नेपालका हामी नेपाली जनताहरु कृषि उत्पादनमा आत्मनिर्भर हुन सकेनाैं । जुन हाम्राे  तीतो यथार्थकाे रुपमा रहँदै आएकाे छ । हामी आफैं आत्मनिर्भर हुन नसक्दाकाे परिणाम अहिले हामीले खेपिरहेका छाैं ।

हामी सबैलाइ थाहा भएकै विषय हाे, छिमेकी मुलुक भारतले प्याज रोकिदिँदा प्याजकाे मूल्यबृद्दिले आकाश  नै छुन पुगेकाे स्थितिलाइ हामीले सामना गरिसकेका छाैं । साथै यस वर्ष छिमेकी मुलुकले पनि कोरोना संक्रमणको सामना गरिरहेको अवस्था छ । जसले गर्दा कृषि उत्पादनमा कमी आउने आँकलन गर्न सकिन्छ । यदि यस्तै भयो भने मुलुकमा खाध्य सङ्कट नआउला भन्न सकिन्न । जसका लागि समयमै कृषि उत्पादन बढाउन सरकारबाट विशेष सम्बाेधन हुने गरी कृषिलाइ आधुनिकीकरण गर्न तथा उत्पादन वृद्धि गर्न  बल पुग्ने गरी आवश्यक मल, बीउ, पुंजी र प्रविधि तथा वजार सुनिश्चित गर्ने किसिमकाे बजेट ल्याउनुपर्ने जरुरी छ ।

कृषिकाे आधुनिकीकरणकाे लागि स्थानीय निकायहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ । जसबाट राेजगारी गुमाएका एवं ग्रामीण बस्तीमा अन्य क्रियाकलापमा संलग्न हुन नसकेका युवाहरु कृषि कार्यमा संलग्न हुन प्राेत्साहित हुन सकुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij