२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कुम्भेश्वर प्राविधिक शिक्षालय, ललितपुरमा डेरी एसाेसिएसनकाे जनचेतनामूलक कार्यक्रम सम्पन्न

कुम्भेश्वर प्राविधिक शिक्षालय, ललितपुरमा डेरी एसाेसिएसनकाे जनचेतनामूलक कार्यक्रम सम्पन्न

ललितपुर ।  ललितपुर नगरपालिका -११, ललितपुर, कुम्भेश्वरमा अवस्थित कुम्भेश्वर आधारभुत विद्यालयमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा चौथो दिन विद्यालयमा रहेका १४० जना विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी गराए । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय  उपाध्यक्ष दीप प्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सन्जेल, डेरी व्यवसायी गुरु प्रसाद काफ्ले र उद्योगीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दुध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेष गरि बालबालिकाहरुले दुध पिउनु पर्ने कुरा बताए भयो भने नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको कुरा बताउँदै सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने कुरा बताए । दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने कुरा एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले बताए । यसरी विद्यालयमा आइ बालबालिकालाई दुध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरेकोमा विद्यालयका प्र.अ. करुणा खड्गीले एसोसिएसनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयमा यस्ता कार्यक्रम ल्याउन अनुरोध गरे ।
दुध तथा दुग्ध पदार्थ बढी उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्र पंक्तिमा रहेका हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन सन् २००० देखि निरन्तर आज २४ वर्षसम्म मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २४औं र नेपालमा १०औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नारा सहित भव्यताका साथ साता ब्यापि रुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोहको आयोजना गर्ने गरि नेपाल डेरी एसोसिएसनले साप्ता व्यापी रुपमा मनाउने कार्यक्रम रहेको छ।एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुरयाउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । दुधको बारे अभिभावकहरुले र विशेष गरि शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै  बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ। विद्यार्थीहरु र बालबालिकालाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने गर्छ । साथै विद्यालय र सरोकारवाला निकायले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्छ । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरु गर्ने गरेको छ । समय समयमा कविता र बक्तृत्वकला प्रतियोगिता गरि बालबालिकामा दुध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ । यसले दुग्ध क्षेत्रको विकासका लागि ठूलो महत्वपूर्ण भुमिका खेलेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij