२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

किसानको उत्पादन उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गर्न माग

किसानको उत्पादन उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गर्न माग

काठमाडौँ– राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघले किसानको उत्पादन उपभोक्तासम्म निरन्तर पुर्‍याउन माग गरेको छ।

महासंघको बिहीबार बसेको सचिवालयको भर्च्युअल बैठकले किसानले उत्पादन गरेका तरकारी लगायतका बस्तुहरु सहज ढंगले बजारसम्म लान सक्ने र उत्पादित खाद्य बस्तु सरकारले खरिद गरि आवश्यकता अनुसारको भण्डारणको वातावरण बनाउनको लागि तीनै तहका सरकारलाई अपिल गरेको हो।

महासंघले कोभिड–१९ बाट आम नेपालीलाई बचाउन सरकारले गरेको लक डाउन ठिक समयमा लिएको उचित निर्णय भएको, यसबाट सामान्य जीवनमा जस्तै सहजता नमिल्ने कुरा हुँदा हुँदै पनि खाद्य सुरक्षा एवं पारिवारिक खेतीबाट जीवन निर्वाह गरिरहेका कृषक समुदायलाई जीवन निर्वाहको लागि खेतीपातीको काममा जान आउन सहजै दिन सुझाव दिएको हो।

महासंघले देशैभरि सिंचाइका नहरको निर्माण मर्मत सम्भारको कार्य भइरहेको अवस्थामा त्यस्तै छोडिरहँदा तुरुन्तै बर्षायाम सुरु भएपछि आउने बाढीले नहर र किसानको खेती नोक्सान गर्ने भएकाले मर्मत सम्भार थालिएका योजनाको समयमै सम्पन्न गराउन माग गरेको महासंघका महासचिव शम्भु दुलालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij