२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काेराेना महामारी तत्काल नियन्त्रणमा आउँदैनः डब्ल्युएचअाे

काेराेना महामारी तत्काल नियन्त्रणमा आउँदैनः डब्ल्युएचअाे

कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओका अनुसार विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन् ।

डा. टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् ।

विश्वभर संक्रमितको संख्या ५० लाख पुग्नै लागेका बेला डब्लुएचओ प्रमुखको यस्ताे चेतावनीले थप त्रास सृजना गरेकाे छ । स्मरण रहाेस् पछिल्लाे दुई हप्तामै  विश्वभर  झण्डै १० लाख संक्रमित थपिका छन् ।

विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर तीन लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij