काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटी छन् ।
उनी निर्माण मजदुर हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे ।
उनको शव जलंगाको पुल नजिक बगाएर लगेको अवस्थामा भेटिएको छ ।
हाल उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल, महाराजगञ्ज पठाइएको परिसरले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij