
काठमाडौँ । काठमाडौँ उपत्यकामा हिजो बेलुकादेखी निरन्तर भारी बर्षा भईरहेको छ । नेपाल बाढी सुचना केन्द्रले दिएको जानकारी अनुसार बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएकोले विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको छ ।
निरन्तर बर्षाले नदिमा पानीको सतह सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान पनि केन्द्रले आग्रह गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij