मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट कहाँ होलिन् ? केही दिनअघि बलिउडका केही मिडियाले यही प्रश्नलाई प्राथमिकता दिँदै अनेक अनुमान गरेका थिए । तर, अब यो प्रस्ट भएको छ, आलिया अहिले माल्दिभ्समा छिन् । उनी त्यहाँ परिवारसँग छुट्टी मनाउन गएकी हुन् । उनले सामाजिक सञ्जालमा बहिनी साहिनसँगको फोटो राखेपछि यो कुरा प्रस्टिएको हो ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो राख्दै आलियाले लेखेकी छिन्, ‘मैले आज बहिनीसँग अत्यन्त राम्रोसँग योग गरेँ । हो, हामी बिदामा पनि वर्कआउट गर्छौं ।’ आलियाले इन्स्टाग्राममा भिडियो पनि सेयर गरेकी छिन् । त्यस्तै, बुबा महेश भट्ट, आमा सोनी राजदानसँगका फोटो पनि आलियाले सेयर गरेकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij