२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कस्मेटिक व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा दाेहाेरिए तिमिल्सिना

कस्मेटिक व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा दाेहाेरिए तिमिल्सिना

 

काठमाडाैं ।   नेपाल कस्मेटिक व्यवसायी स‌ंघकाे अधिवेसन सम्पन्न भएकाे छ । 

काठमाडाैंमा शनिबार सम्पन्न भएकाे संघकाे पाँचाैं अधिवेसनबाट अध्यक्ष पदमा ऋषिकेश तिमिल्सिना दाेहाेरिएका छन् भने अन्य पदाधिकारीहरुमा हेरफेर भएकाे छ ।

नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा टेक बहादुर काफ्ले रहेका छन् भने सचिवमा केशव ज्ञवाली छन् । यसैगरी प्रथम उपाध्यक्षमा टेक बहादुर काफ्ले, उपाध्यक्षमा सुभाष गाेयल चुनिएका छन् । काेषाध्यक्षकाे जिम्मेवारी नारायण न्याैपानेले प्राप्त गरेका छन् भने सहसचिवमा नन्दी केशर रिजाल छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा मुकेश अग्रवाल, जीवन कुमार थापा, सुब्बा कार्की, डिल्ली प्रसाद खतिवडा र भुवल अधिकारी चयन भएका छन् ।

शनिबार काठमाडाैंमा आयाेजना गरिएकाे संघकाे कार्यक्रम २ चरणमा सम्पन्न भएकाे थियाे । पहिलाे चरणकाे औपचारिक कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना सहित आफ्नाे धारणा राखेका थिए । दाेस्राे चरण मूलत अधिवेशन केन्द्रित बन्दसत्रकाे रुपमा रहेकाे थियाे । पहिलाे चरणकाे कार्यक्रममा अतिथिका रुपमा नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, वाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण विभागका महानिर्देशक राजन पाैडेल, उद्याेग वाणिज्य महासंघ बाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, नेपाल वितरक संघ काठमाडाै‌का अध्यक्ष रामहरि घिमिरे, उपभाेक्ताकर्मी माधव तिमिल्सिना लगायतकाे उपस्थिति रहेकाे थियाे ।

पहिलाे चरणकाे कार्यक्रमकाे प्रमुख अतिथि रहेका नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सहकार्यमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । नेपालमा व्यवसाय गर्ने क्रममा विभिन्न नीतिगत समस्याहरु रहेकाे र ती समस्याहरु समाधानकाे लागि सामुहिक रुपमा पहल गर्नुपर्नेे आवश्यकता उनले औँल्याए ।

विशिष्ट अतिथिकाे रुपमा उपस्थित वाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण विभागका महानिर्देशक राजन पाैडेल प्रति सङ्केत गर्दै उनले सरकार आफूहरुकाे समेत अभिभावक भएकाेले उद्याेगी व्यवसायीलाइ नियमन र संरक्षण गर्ने तथा उपभाेक्ताकाे संरक्षण गर्ने अलग-अलग निकाय आवश्यक रहेकाे धारणा व्यक्त गरे ।

वाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण विभागका महानिर्देशक राजन पाैडेलले आफूहरु व्यवसायीलाइ सही ट्रयाकमा हिँडाउनकाे लागि काम गर्दै आइरहेकाे र आगामी दिनमा पनि व्यवसायीहरुलाइ आवश्यकता अनुसार सहयाेग, सहकार्य र मार्गनिर्देश गर्दै अघी बढ्ने धारणा व्यक्त गर्नुभयाे ।

स्मरण रहाेस्, नेपाल कस्मेटिक व्यवसायी संघ कस्मेटिकजन्य सामानहरु उत्पादन तथा आयात कार्यमा स‌ंलग्न व्यवसायीहरु समेटिएकाे एकमात्र संस्था हाे । यस संस्था मार्फत व्यवसायीहरुकाे हकहितमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहिएकाे छ । 

हाल नेपालमा व्यापक रूपमा बढिरहेको व्यापारघाटा कम गराउनको निमित्त स्वदेशमा खेर गइरहेको स्थानीय वनस्पति तथा जडीबुटी लगायत उपभोगमा ल्याउनको निम्ति राज्यबाट खोज अनुसन्धान गराई औद्योगिकरणको लागि काम गर्ने सम्बन्धमा पनि आफूहरुले पहल गर्दै आइरहेकाे संघका अध्यक्ष ऋषिकेश तिमिल्सिना बताउँछन् ।

 संस्थाका उद्देश्यहरु पूरा गर्नकाे लागि संघले आगामी दिनमा विभिन्न उपसमितिहरुलाई अझ बढी क्रियाशिल बनाउँदै लैजाने याेजना बनाएकाे छ ।  साथै विभिन्न वस्तुगत संघसंस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढिरहने र ७७ वटै जिल्लामा कार्यसमिति स्थापना गर्ने याेजना समेत संघले लिएकाे छ । यसैगरी कस्मेटिकजन्य सामानहरु प्रयाेग गर्ने सम्बन्धमा उपभाेक्तालाइ थप जागरुक बनाउँदै लैजान समेत आफूहरुले विभिन्न पहल गर्दै आइरहेकाे संस्थाका अध्यक्ष ऋषिकेश तिमिल्सिना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij