२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

वित्तीय लगानीसम्बन्धी कसुर नगर्न सम्पत्ति शुद्धीकरणको आग्रह

वित्तीय लगानीसम्बन्धी कसुर नगर्न सम्पत्ति शुद्धीकरणको आग्रह

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी वित्तीय लगानीसम्बन्धी कसुर नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी अनुसन्धान विभागले सो आग्रह गरेको हो ।
विभागले सम्पत्ति शुद्धीकरणको कसुर र आतङ्ककारी व्यक्ति वा सङ्गठनको प्रयोजनका लागि कुनै पनि प्रकारले सम्पत्ति वा कोष सङ्कलन, सहयोग वा सहजीकरण गरी गराई आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुर नगर्न नगराउन सूचित गरेको हो ।

यदि कसैले त्यस्तो कसुर गरेको अवस्थामा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० बमोजिम सजाय हुने समेत विभागले चेतावनी दिएको छ । विभागले अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी त्यस्तो सम्पत्तिको वास्तविक प्रकृति, श्रोत, स्थान, निःसर्ग, कारोबार, स्वामित्व एवम् सो सम्पत्ति उपरेको अधिकार, लुकाउने, छल्ने वा बदल्ने, रूपान्तरण वा हस्तान्तरण गर्ने, प्राप्ति, प्रयोग वा धारण गर्ने समेतका कार्य गरी गराई लगानी सम्बन्धी कसुर गरेमा सजाय गरिने समेत सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij