२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कंगनाको स्पष्टीकरण

कंगनाको स्पष्टीकरण

मुम्बई । विशाल भरद्वाज हाल रंगुन नामक फिल्म बनाइरहेका छन्। जस्का लागि उनले सैफअलि खान, साहिद कपुर, कंगना रनौटलाई मुख्य भूमिकामा लिएका छन्। जुन दिनदेखि यो फिल्म बन्ने कुरा भयो त्यहिबेलादेखि नै यसको चर्चा गलत कुरालाई लिएर भइरहेको छ। भनिन्छ निर्देशकको काममा कंगना डिस्र्टब गरिरहन्छिन्। सैफ र साहिदसँग पनि उनको राम्रो सम्बन्ध बनिरहेका छैन। सेटमा तनाव भइरहेको छ।

कंगनाले भने हालै यसबारेमा स्पष्टीकरण दिएकी छिन्। उनको भनाइ छ– यी सब कुरा बकवास हुन्। सेटको माहोल स्वस्थ छ र कुनै प्रकारको तनाव छैन। यो कुरा सही हो कि हामी साथी होइनौं। यस कारणले गर्दा नै यस्ता कुराहरू बाहिर आएका हुन्। मानिसहरूले बुझ्न जरुरी छ कि हामी काम गर्न आएका हौं, साथी बनाउन होइन। विशाल भरद्वाजको यो फिल्म २०१७ प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij